मुख्य समाचार

डा.त्रिशला गुरुङद्वारा रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेकी डा. त्रिशला गुरुङले नाम फिर्ता लिनुभएको छ। शुक्रबार सामाजिक सञ्जालमार्फत गुरुङले उम्मेदवार सिफारिस गरिएकाेमा पार्टीलाई धन्यवाद दिँदै नाम फिर्ता लिनुभएको हो।

उहाँले कला र स्वास्थ्य क्षेत्रबाट समुदायकाे सेवा गर्ने बताउनुभएको छ। ‘गहन आत्ममूल्यांकनपश्चात् मैँले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभएको छ, ‘यस निर्णयको मूल कारण भनेको मेरो पेसागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो ।’

गुरुङले उज्यालो नेपाल पार्टीबाट राजनीतिक यात्रा थालनी गर्नुभएको छ।

सम्बन्धित समाचार

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको...

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...