काठमाडौं। विभिन्न माग राखेर आमरण अनसनमा बसेका डा. निकोलस भुसाल र हरिश विष्टले आज (शुक्रबार) अनसन तोड्नुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाउनुभएको हो।
सरकारसँग ६ बुँदे सम्झौता भएपछि भुसाल र विष्टले अनसन तोड्नुभएको हो।
सहमतिपत्रमा डा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गर्नुभएको छ।




