थारू समुदायको मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोडेर अघि बढ्नुपर्छ : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोडेर अघि आयआर्जनमा अघि बढाउनुपर्ने बताउनुभएको छ । थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार घोराहीमा आयोजित माघ सांस्कृतिक महोत्सव–२०८२ को उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको संरक्षण तथा प्रबर्धन गर्दै व्यावसायिक रूपमा पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले थारू समुदायको कला, संस्कृति र परम्परामा आफैंमा सम्पन्न रहेको उल्लेख गर्दै यसको प्रवर्धनमार्फत आर्थिक समृद्धिसँग जोड्न सकिने धारणा व्यक्त गर्नुभयो । त्यस्तै थारू समुदायको कला, सीप, संस्कृति, सभ्यता र परम्परालाई बचाउन नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ।
“प्रदेश सरकारको बजेटबाट थारू संग्रहालय निर्माण गरेका छौं” उहाँले भन्नुभयो, “यसलाई देशभरका थारू समुदायको भेषभूषा, संस्कृति र परम्पराबारे सिक्न सकिने साझा केन्द्रका रूपमा विकास गर्ने हाम्रो अपेक्षा छ” उहाँले भन्नुभयो । मुख्यमन्त्री आचार्यले थारू संस्कृतिलाई माघ पर्वमा मात्र सीमित नराखी वर्षैभरि प्रस्तुत गर्दै व्यवस्थित रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्नेगरी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ। थारू संस्कृति जोगाएर राख्ने समुदायप्रति आभार व्यक्त गर्दै उहाँले प्रदेश सरकारले वर्षेनी माघ पर्वको अवसरमा विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिनुभयो । “यहाँको मौलिक कला र संस्कृति लुम्बिनी प्रदेशको वैभव हो, यसको संरक्षण र प्रवर्धन गर्नु हामी सबैको दायित्व हो” उहाँले भन्नुभयो।
ताजा अपडेट
-
१.
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
-
२.
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
-
३.
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
-
४.
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
-
५.
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
लेबनानी अधिकारीहरूकाअनुसार दक्षिणी लेबनानको जेज्जिनमा चार जना सवार एक कारमा इजरायलले गरेको हवाई आक्रमणमा तीन जना पत्रकारको मृत्यु भएको...
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४...




