मुख्य समाचार

एमालेले संसद पुनस्र्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ : योगेश भट्टराई

ताप्लेजुङ। नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताउनुभएको छ । संबैधानिक बिषयको निरुपण नहुँदा थप संबैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उहाँले सर्बोच्च अदालतले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाईप्रति संशय व्यक्त गर्नुभयो ।

११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आउनुभएका भट्टराईल प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संबिधान र लोकतन्त्र पुनस्र्थापित गर्न एमालेले संसद पुर्नस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने बताउनुभयो । संबिधानलाई जीवित राख्न,लोकतन्त्रलाई प्राण दिन र लोकतन्त्रको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य भएको बताउँदै उहाँले अदालतले संसद पुर्नस्थापनाका सम्वन्धमा परेको मुद्दाको शीघ्र निरुपण गर्न जरुरी रहेकोमा जोड दिनुभयो । संसद पुर्नस्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने उहाँको भनाई थियो ।

हरेक संस्थागत संगठनमा लोकतन्त्रको अभ्यास हुँदा एकपक्ष जित्ने र अर्को पक्ष हार्ने भएपनि पार्टीमा हार्नेको भन्दा जित्नको दायित्व बढी हुने भएकोले पराजितहरुको आकाँक्षालाई समेट्दै पार्टी नेतृत्व अघि बढ्नुपर्ने भट्टराईको भनाई छ ।

उहाँले एमाले ताप्लेजुङबाट ५ जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपनि सर्वसम्मत रुपमा एकजना एमालेका उम्मेदवार हुने अरु कमाण्डर भई पार्टीलाई जिताउनु पर्ने बताउनुभयो । पहिले पार्टी,दोस्रो चिन्ह र तेस्रो मात्र व्यक्ति हुने उहाँको भनाई थियो ।

कार्यक्रममा संगै रहेका एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ गतेको घटना बाहिरी शक्तिको प्रभावमा हाँकिएको अरोप लगाउनुभयो । थेबेले बालेन शाहप्रति लक्षित सिंहदरवार जलाउँछौं भन्नेको अभिष्ट चाहना पूरा भएपनि नेपाली जनताले नेपाली आस्थाका धरोहरहरु सिंहदरवार,सर्बोच्च अदालत,संसद भवन जलाएर देश खरानी बनाएको नबिर्सने बताउनुभयो।

ननयुवाहरुका मुद्दा साझा मुद्दा भएपनि आन्दोलनलाई भड्काएर मुलुकलाई तहसनहस बनाउन लागिपर्नेहरु कहिल्यै जनताका भक्त हुन नसक्ने दावी गरे । भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका ५ मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु ४ जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताउनुभयो ।

एमाले ताप्लेजुङको शनिवार बसेको बैठकले उपमहासचिव भट्टराई,पार्टीका केन्द्रीय सदस्य थेबे,अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो,निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी ५ जनालाई आउँदो निर्वाचनका लागि पार्टीबाट सिफारिस गर्ने निर्णय गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु

लेबनानी अधिकारीहरूकाअनुसार दक्षिणी लेबनानको जेज्जिनमा चार जना सवार एक कारमा इजरायलले गरेको हवाई आक्रमणमा तीन जना पत्रकारको मृत्यु भएको...

सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४...