बाल यौन दुराचारका फरार दोषी पक्राउ
फिदिम । बाल यौन दुराचार विरुद्वको कसुरमा अदालतबाट दोषी प्रमाणित भएसँगै फरार रहेका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–३, ताङलेपा निवासी ५९ वर्षीय रणबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनु भयो ।
उहाँका अनुसार राई विरुद्ध लागेको बाल यौन दुराचार मुद्दाको सुनुवाई हुँदा पाँचथर जिल्ला अदालतले २०८२ वैशाख १७ गते दोषी ठहर गर्दै २० दिन कैद र १० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको टोलीले राईलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र...
फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै
लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...
काठमाडौँमा बिहानैदेखि वर्षा
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...




