नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनुपर्छ : प्रचण्ड
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनु भएको छ ।
भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा प्रवासी नेपालीहरूको सहभागितामा ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ लाई सोमबार सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
नेपाली समाज भारतको आयोजनामा लाजपत भवन अडिटोरियम, लाजपत नगरमा सोमबार सम्पन्न उक्त कार्यक्रममा उहाँले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्वबारे धारणा व्यक्त गर्नुभयो।
उहाँले प्रवासी नेपाली समुदाय नेपाल र भारतबीचको सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण सेतुका रूपमा रहेको उल्लेख गर्दै एकता, संगठन र सहकार्यलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो।
साथै, लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न आगामी निर्वाचनप्रति सबै पक्ष सचेत र सक्रिय हुनुपर्नेमा उहाँको जोड थियो।
कार्यक्रमको अध्यक्षता नेपाली समाज भारतका अध्यक्ष रामबहादुर डागीले गर्नुभएको थियो भने महासचिव आर.बी. खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष नारायण बञ्जाडेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र...
फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै
लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...
काठमाडौँमा बिहानैदेखि वर्षा
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...




