मुख्य समाचार

प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चारजना पक्राउ

भक्तपुर। प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चारजना पक्राउ परेका छन्।

चक्कु प्रहार गर्नेसहित चोरी गर्ने गिरोहका २६ वर्षीय सागर शङ्खर सोती, २५ वर्षीय सन्तोष दुलाल, २० वर्षीय वीरेन्द्र मलिक र २७ वर्षीय अभय तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेको थियो। भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक एक रेष्टुरेन्टमा प्रहरी टोलीको चोरी गर्ने समूहसँग जम्काभेट भएको थियो।

प्रहरी टोलीमाथि चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सञ्जीव केसी घाइते भएका थिए। उहाँको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भागेका फरार कैदी रहेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले चोरीका दुई मोटरसाइकलसमेत बरामद गरेको छ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...