मुख्य समाचार

कांग्रेसको विशेष महाधिवेशन पक्षले प्रतिनिधिका लागि गर्यो काठमाडौंमा कोठा व्यवस्थापन

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समितिले प्रतिनिधिका लागि काठमाडौंमा कोठा व्यवस्थापन गरेको छ ।

आवास तथा भोजन समितिका संयोजक रमेश धमलाका अनुसार विशेष महाधिवेशनमा आउने प्रतिनिधिका लागि एक हजार ५०० कोठा बूक गरिएको हो । एयरपोर्ट, सुन्धारा, ठमेल र नक्साल क्षेत्रका होटलमा ती कोठा बुक गरिएको छ ।

‘फोकल पर्सन तोकेर हरेक निर्वाचन क्षेत्रबाट आएका साथीहरूलाई सहज रूपमा बस्न पाउने गरि व्यवस्थापन भएको छ’, धमलाले भन्नुभयो।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गर्नुुभएको छ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...