प्रवास

एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो ।

आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले स्टेरिङ कमिटीले अनुशासन र जिम्मेवारीलाई कडाइका साथ लागु गर्ने निर्णय गर्दै कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक बस्नु अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नुपर्ने समय सिमा पनि तोकेको छ ।

बैठकले १२औँ महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन र तत्काल तयारी थाल्न विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली समुदाय तथा राष्ट्रिय समन्वय परिषदहरूलाई अपिल गरेको छ । मंसिर १४ गते प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका महेशकुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबीच एकता भएको थियो ।

सम्बन्धित समाचार

एनआरएनए अध्यक्ष दुईजनाको दाबेदारी : शर्मा र शेरचन आमनेसामने हुने संकेत

एनआरएनए अध्यक्ष दुईजनाको दाबेदारी : शर्मा र शेरचन आमनेसामने हुने संकेत

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। अध्यक्ष पदको निर्वाचनका...

परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन

परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) को १२औं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन भएको छ। एनआरएनएको उक्त सम्मेलन फागुन...

एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट

एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरी आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ...

एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन

एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन

काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण...