मुख्य समाचार

काठमाडौंमा बढ्यो चिसो

काठमाडौं। आज (शुक्रबार) सुरुवाती मापनमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य अर्थात् ३.० डिग्री सेल्सियस देखिएको हो।

यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ।

हिजो बिहीबार पनि सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि बिहान ८:४५ बजे घटेर ३ डिग्री सेल्सियसमा झरेको थियो।

गत मंगलबारदेखि बिहीबारसम्म काठमाडौँको न्यूनतम तापक्रम लगातार ३ डिग्री सेल्सियस रहेकामा आज सुरुवाती मापनमै यति देखिएकाले त्यसभन्दा पनि तल झर्ने सम्भावना देखिन्छ।

बिहीबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ८ दशमलव १ अर्थात् -८.१ डिग्री सेल्सियस देखिएको थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

 

 

 

प्रकाशित: पुस २५,

सम्बन्धित समाचार

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू...