मुख्य समाचार

चुनावपछि संसदमा युवाको वर्चस्व रहन्छ : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व रहने दाबी गर्नुभएको छ।

शुक्रबार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको छ। तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरुको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्वपूर्ण योगदान दिने उहाँको विश्वास छ।

मन्त्री खरेलले संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताउनुभयो।

‘चुनाव फागुन २१ मै हुन्छ। जुनसुकै पार्टीले पनि अहिले युवाहरुका लागि कोटा तोकेको छ। यो हामीले आशा गर्ने ठाउँ हो। यस पटक संसद वा सरकारमा जुनसुकै पार्टीबाट आए पनि युवाहरुको वर्चश्व हुनेवाला छ।’ उहाँले भन्नुभयो, ‘युवाहरुको वर्चश्व हुनु भनेको यो डिपार्टमेन्टको लागि खुशीको कुरा हो । संसदको समितिमा आवाज उठ् । सरकारमा आवाज उठ्छ कि अब आईसिटीतर्फ नबढी हुँदैन नेपाल बनाउने हो भनेर त्यो युवाहरुको जमात आईराख्दा यसलाई अगाडि बढाउनुपर्छ ।’

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...