मुख्य समाचार

समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं। निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गर्नुभएको छ।

२१ फागुनमा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक सूची पठाएका थिए । त्यसमा नाम रहेका र फिर्ता लिन चाहनेलाई आयोगले यही पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका १२ जना भन्दा बढीले नाम फिर्ताको घोषणा गरेका छन्। नेकपा एमालेमा समेत पाँच जनाले नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन्। नाम फिर्ता लिन चाहनेले आयोगमा स्वयम उपस्थित भएर वा वारेस मार्फत समेत निवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...