मुख्य समाचार

काठमाडौँको सडकमा सवारीको चाप बढ्यो, भयावह स्थिति आउन सक्छ : हरिवंश आचार्य

काठमाडौँ। अग्रज कलाकार हरिवंश आचार्यले काठमाडौंमा सवारीसाधनको चाप धेरै भइसकेको बताउनुभएको छ । शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानिसहरु ट्राफिक नियममा विस्तारै बाँधिरहेको तर सवारीसाधनको व्यवस्थापनमा समस्या आइरहेको बताउनुभयो । भविष्यमा सवारीसाधन चलाउनै नसक्ने स्थितिमा पुग्नसक्ने बताउनु भयो । सडक विस्तार गर्न समेत जमिन अधिग्रहण गर्न नसक्ने स्थितिमा सरकार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ट्राफिक नियममा हामी बिस्तारै बाँधिदै छौँ । हाम्रा अग्रजहरुले काठमाडौं शहरको पारित गर्दा नेपालको सम्बन्ध बढ्छ, सम्बन्धको साधक सवारीसाधन पनि हो । सम्बन्ध बढ्दै गइसकेपछि सवारीसाधन बढ्छन् भनेर सोचेर बनाएको भए यो स्थिति आज भोग्न पर्दैन थियो । भोलिका दिनमा हामीले गाडी चलाउने ठाउँ नपाउन सक्छौँ । काठमाडौंमा सवारीसाधन धेरै भइसकेका छन् । भयावह स्थिति भइसकेको छ । अब बाटो फराकिलो गर्न जमिन अधिग्रहण गर्न पनि सरकारसँग कुनै सामथ्र्य छैन ।’

कलाकार आचार्यले सार्वजनिक सवारी साधन कम रहेको बताउनु भयो । ट्राफिक व्यवस्थापनमा गम्भीरताका साथ लाग्नुपर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...