मुख्य समाचार

कांग्रेसको विशेष महाधिवेशनमा देउवा निकट गोपालमान पनि सहभागी हुने, देउवा निवास पनि पुग्यो निम्तो

काठमाडौँ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पनि पार्टीको विशेष महाधिवेशनमा सहभागी हुनु हुने भएको छ ।

शनिबार विशेष महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन पक्षले संस्थापन पक्षका वरिष्ठ नेता श्रेष्ठ पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको हो ।

त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको नेता सुवास पोखरेलले बताउनु भयो ।

सो महाधिवेशनमा भाग लिनका लागि सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई पनि पत्र पठाइएको पत्रकार सम्मेलनमा बताइएको छ । नेता पोखरेलले कांग्रेसको गरिमालाई बढाउन महाधिवेशनमा सभापति देउवा सहभागी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो,‘पार्टी सभापतिले हाम्रो निम्तोलाई स्वीकार गरेर हामीलाई सम्मान गर्नु हुने छ । हामीले यो अपेक्षा गरेका छौँ ।’

विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि त्यसको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...