मुख्य समाचार

विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताउनुभएको छ।

पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो।

नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताउनुभएको छ। उहाँले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोप समेत लगाउनुभएको छ।

उहाँले भन्नुभएको छ,‘यहाँ कसैले हठ गरिराक्न हुँदैन। विधि र विधान अनुसार अगाडि बढन दिनुपर्छ। विधि र विधानअनुसार चल्नुपर्छ। विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’

नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुुुभएको छ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...