मुख्य समाचार

कांग्रेस कोमामा थियो, ब्युझियो : चतुरबहादुर चन्द

काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समयअनुसार चल्नसक्ने नेतृत्व चयन गरिनुपर्ने बताउनुभएको छ।

विगत चार महिना कांग्रेस कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पुनर्जीवित बनाउन भुमिका खेल्ने सबैलाई सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘झन्डै चार महिना नेपाली कांग्रेस कोमामा थियो । कोमामा रहेको नेपाली कांग्रेसीलाई वायु दिएर जसले पुनर्जीवित गर्ने प्रयास गर्नुभयो सबैलाई सम्मान गर्दछु । अब नेपाली कांग्रेस यो देशको अभिभावक पार्टी बन्दैछ । इतिहासमा सधैं यो देशलाई अभिभाकत्व दिएको पार्टी विगत चार महिनामा पछारिएको थियो, लछारिएको थियो त्यसलाई लयमा फर्काउने अभियानका अभियन्ता महामन्त्रीद्वयलाई सम्मान गर्न चाहन्छु,’ उहाँले भन्नुभयो।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...