मन्त्रिपरिषद्को निर्णय : राष्ट्रियसभा बोलाउनेदेखि म्यानमारका भूकम्पपीडितलाई सहयोग गर्नेसम्म
काठमाडौँ। सरकारले राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते बिहान ११ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ भने मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए।
त्यसै गरी बैठकले २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ भने गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...
मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै
काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...




