काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम शुरु
काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक फिल्म स्टडिजमा स्नातकोत्तर तहको कार्यक्रम शुरु गरेको छ ।
विश्वविद्यालयको स्कूल अफ आट्र्स अन्तर्गत भाषा तथा आमसञ्चार विभागले सोमवार पत्रकार सम्मेलनको गरि ‘मास्टर इन फिल्म स्टडिज’ (एमएफएस) कार्यक्रम शुरु गर्न लागेको जानकारी दिएको हो । विभाग प्रमुख प्रा.डा निर्मलामणि अधिकारीले फेब्रुअरी २०२६ देखि ललितपुरको हात्तीवनस्थित स्कूल अफ आट्र्स परिसरमा कक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।
६६ क्रेडिट आवर रहेको दुई वर्षे यो कार्यक्रमले चलचित्रका सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक महत्व र व्यावहारिक सीपसम्बन्धी ज्ञान प्रदान गर्ने उहाँले बताउनु भयो । उहाँकाअनुसार पाठ्यक्रममा फिल्म निर्माण, न्यारेटिभ डिजाइन र स्क्रिनराइटिङ, नाट्यशास्त्र, एआई र फिल्म, अनुसन्धान पद्धति, फिल्म फर्म र न्यारेटिभ लगायत विषय समेटिएका छन् ।
यो कार्यक्रमले शैक्षिक अध्ययनसँगै उद्योगमुखी सीप विकासमा जोड दिने उहाँको दाबी छ । विद्यार्थीहरूले चलचित्रकर्मी तथा संस्थासँग साझेदारीमार्फत व्यावहारिक अनुभव हासिल गर्नेछन् । अध्यापन कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राज्ञिक र उद्योग अनुभव भएका प्राध्यापक संलग्न रहने उहाँले बताउनु भयो । उहाँकाअनुसार विद्यार्थीले दुई वर्षमा स्नातकोत्तर डिग्री पूरा गर्न सक्नेछन् भने ३० क्रेडिट पूरा गरेपछि एक वर्षमै पोस्ट ग्राजुएट डिप्लोमा (पिजिडी) लिएर पछि पुनः फर्केर डिग्री पूरा गर्न पनि सक्नेछन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दहालले चलचित्रको पढाई नेपालमा नै शुरु भएपछि अब गुणस्तरीय चलचित्र बन्ने बताउनु भयो । उहाँले चलचित्र पढेका व्यक्तिहरुले निर्माण गरेका चलचित्र अन्तर्राष्ट्रियस्तरका र वाह्य बजारसँग प्रतिष्पर्धा गर्ने क्षमताका हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय जगतमा स्थपित हुन प्रविधि र चलचित्र नै अहिलेको मुख्य माध्यम रहेको दाबी गनुभयो ।
उहाँले भन्नुभयो, ‘अबको दिनमा चलचित्रको पढाई नेपालमा हुँदाखेरी पढेका मानिसहरुबाट बनेका चलचित्रहरु अन्तर्राष्ट्रियस्तरमा फाईट गर्नको लागी अन्तराष्ट्रिय गुणस्तरका बन्छन भन्ने मलाई लाग्छ । यो क्षमतावान हुन्छन् । अबको जमाना कि प्रविधिले कि सिनेमाले मात्रै अन्तराष्ट्रिय जगतमा चाँढै हामी स्थापित हुन्छौँ भन्ने मलाई लाग्छ ।’
चलचित्र निर्देशक यादव खरेलले पहिलो पटक काठमाडौं विश्वविधालयले औपचारिक शिक्षा प्रणालीमा चलचित्रसम्बन्धी अध्यापन शुरु गरेको बताउनु भयो । उहाँले अन्य विश्वविद्यालयमा नभएको कक्षा सञ्चालन गर्न लागेको उल्लेख गर्नुहुँदै निरन्तरता रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
काठमाडौं विश्वविधालयले एमएफएस कार्यक्रमले चलचित्र निर्माण, समालोचना, अनुसन्धान, शिक्षा, चलचित्र महोत्सव, प्रदर्शनी र अभिलेखीकरणजस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । ्
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




