पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याऔँः डा.सुनिल शर्मा
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ। विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका समस्याहरु संवादमार्फत टुंग्याइदनुपर्ने बताउनुभएको हो। उहाँले काँग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्नुहुँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेहरुका कारण आजको परिस्थिति सिर्जना भएको बताउनुभयो।
उहाँले र्तमान विषम परिस्थितिमा काँग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताउनु भयो । नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस एउटा गम्भीर संकटको मोडमा छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभावलाई लतारेर केही पदाधिकारी र केन्द्रिय कमिटीका मानिसबाट जनताको चाहना, नागरिकको चाहना, नेता, कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशन नबोलाएपछि यो अवस्था सिर्जना भयो।
वर्तमान विषम परिस्थितिमा काँग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ ।
विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्छ । पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याइनुपर्छ । सहमति भाँड्ने उश्रृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ।’
उहाँले एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको छ । काँग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेताहरुलाई आग्रह गर्नुभयो । विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलवार बेलुकासम्म वार्ता निष्कर्षमा पु¥याउन आग्रह गर्नुभयो ।—न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल
-
२.
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
-
३.
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
-
४.
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
-
५.
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई...
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया वैदेशिक रोजगारीबाट फर्केकै दिन लुटपाट तथा ज्यान मार्ने प्रयासमा...
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...




