मुख्य समाचार

रास्वपा सहितका नयाँ दललक्षित सुमन सायमीको टिप्पणीः पुराना भन्दा घातक हुन सक्छन्

काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमीले रास्वपालगायतका नयाँ दलहरुलाई भीडको संज्ञा दिनुभएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका उहाँले सो कुरा बताउनुभएको हो । नेता सायमीले क्षणिक स्टन्टबाजी, भीडले राम्रो गर्छ भन्ने आशा नगर्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले इतिहासले नयाँहरु पुराना भन्दा पनि घातक हुन्छन् भन्ने चेतावनी दिएको उल्लेख गर्दै उनीहरुको भर पर्न नहुने बताउनु भयो । सायमीले आफूहरु विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई ध्यानमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘क्षणिक स्टन्टबाजीमा नझुक्किनुहोला । नयाँ भन्दैमा पुराना भन्दा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । इतिहासले हामीलाई बारम्बार चेतावनी दिएको छ । नयाँहरु पुराना भन्दा झनै धेरै खतरनाक हुन सक्छ । भीड सधैं सही हुँदैन । आकर्षक नाराले मुक्ति दिँदैन । हामी भावना, भीडले होइन, स्टन्टले होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितको आधारमा निर्णय गर्न यहाँ आएका हौँ ।’

नेता सायमीले जनताको मुक्ति आफूहरुको चाहना भएको र त्यो नेपाली कम्युनिष्ट पार्टीले मात्रै पुरा गर्न सक्ने दावी गर्नुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्नुभएको छ । यद्यपि तेहरानले भने...