कार्की सरकार रास्वपालाई बलियो बनाउने गतिविधिमा संलग्न रहेको एमालेको आरोप
काठमाडौँ। नेकपा एमाल यही माघ ४ गतेदेखि औपचारिक रुपमा निर्वाचनमा होमिने भएको छ । पार्टी सचिव महेश बस्नेतले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी गराउनुभयो।
उहाँले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताउनु भयो । उहाँले अझैपनि जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरु फिर्ता गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप पनि लगाउनुभयो। लामिछानेलाई सम्पती शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यही माघ ४ गते हामी खुला सभामार्फत नेकपा ९एमाले० चुनावमा होमिएको सन्देश दिँदैछौँ । हामीले चुनावमा भाग लिन्नौँ भनेर कहिले पनि भनेका छैनौँ। अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो । अहिले प्रहरी र प्रशासनको मनोबल कमजोर छ । न्यायालय र सेनाको मनोबल कमजोर छ । प्रहरीहरु घाइते छन् । लुटिएका हतियार र भागेका कैदीहरु अझै फिर्ता भएका छैनन् । अपराधिक गतिविधिहरु अहिले पनि बढिरेहका छन् । अदालत जल्ने कुरा आफ्नो ठाउँमा छ । न्याय नै जलिरहेको छ । सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकार भन्छ । रवि लामिछानेको टसलका कारण कुलमान घिसिङले राजीनामा दिए अरु मन्त्रीहरुको चाला अहिले पनि सुध्रिएको छैन । सरकारको अभिव्यक्ति हेर्दा नयाँ ल्याउनुपर्छ, पुराना दलहरुको काम छैन, डिजिटल भोटिङको व्यवस्था ठुला दलहरुका कारण हुन सकेन भनेर दिँदै आएका अभिव्यक्ति एमाले–काँग्रेसलाई कमजोर बनाउने प्रयत्न हो ।’
उहाँले काँग्रेस–एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरुको चालामाला ठिक नभएको उहाँको जिकिर छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...




