लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्छ ; बालेन
काठमाडौँ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ ।
आज यहाँ आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहमा प्रमुख शाहले कतिपय भाषाका लिपी हराइसकेका, कतिपय भाषा विलिन भइसकेका उल्लेख गर्दै यस्ता लोप हुन लागेका भाषा र लिपी खोजी गरी संरक्षणमा हातोमालो गर्न सबैलाई आह्वान गर्नुभयो ।
किरात राई यायोक्खाद्वारा किरात यलम्बरसम्वत ५०८६ को अवसरमा आयोजित पुरस्कार समारोहमा उहाँले प्रत्येक समुदायले आफ्नो कला, संस्कृति, मूल्यमान्यता र पहिचानसँग जोडिएका भाषा जोगाउँदै जानुपर्ने धारणा राख्नुभयो ।
देशभर विभिन्न जातजाति, समुदाय र सभ्यता रहेको उल्लेख गर्दै महानगरप्रमुख शाहले ती सबैको संरक्षण र सम्वर्द्धन गर्नु साझा दायित्व भएको बताउनुभयो । “हाम्रो भाषा, कला र संस्कृति जोगाउनु भनेको व्यक्तिगत मात्र नभइ सिङ्गो देशको पहिचान जोगाउनु हो”, उहाँले भन्नुभयो, “तपाईंले आफ्नो भाषा जोगाइरहनु भएको छ भने देशलाई पनि जोगाइरहनु भएको छ ।”
प्रमुख शाहले नेपालका सबै कला र सम्पदालाई संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै एक सभ्यताले अर्को सभ्यताको सम्मान र संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
आफू जुनसुकै सभ्यतामा रहे पनि अन्य संस्कृति र सभ्यताप्रति सम्मान र इज्जतको भावना हुनुपर्ने उहाँको भनाइ छ । “त्यसले गर्दा अरू मात्र होइन, हामी आफैँ सुरक्षित हुन्छौँ र सबै कला, संस्कृति, मूल्यमान्यताको संरक्षणमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...




