मुख्य समाचार

दुईपक्षबीच सहमति र सहयात्राको प्रयास गर्दा पनि सफल नभएको चन्द्र भण्डारीको अभिव्यक्ति

काठमाडौँ। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्व चयन र संस्थापन पक्षको कारबाहीलाई लिएर चर्किएको विवादबीच कांग्रेस नेता डा. चन्द्र भण्डारीले आफूले दुवै पक्षबीच सहमति र सहयात्राको प्रयास गर्दा पनि सफल नभएको अभिव्यक्ति दिनुभएको छ।

फेसबुकमार्फत शुभेच्छुक, शुभचिन्तक र पार्टीका साथीहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको छ- ‘एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो। यात्रु बोलाउँदै-बोलाउँदै रेल भने हिँडिसक्यो।’

विशेष महाधिवेशनको पहिलो चरणमा भृकुटीमण्डप पुगेर गगन थापा र विश्वप्रकाश शर्मालाई साथ दिएका भण्डारी पछि विशेष क्षणमा नजाँदा उनीमाथि चर्को आलोचना हुँदै आएको छ। यही आलोचनाको सन्दर्भमा उहाँले आफू दुवै पक्षलाई लिएरसँगै हिँड्न चाहेको भए पनि परिस्थितिले त्यो सम्भव नभएको संकेत गर्नुभएको छ।

पोस्टमा भण्डारीले पार्टीभित्र देखिएको विकृति, गालीलाई राजनीति ठान्ने प्रवृत्ति र जिम्मेवारीबोधको अभावप्रति प्रश्न उठाउनुभएको छ। उहाँले भन्नुभयो,`  सत्य, अनुशासन र नैतिकताविनाको राजनीति न पार्टीलाई बलियो बनाउने न लोकतन्त्र सुरक्षित राख्ने स्पष्ट पारेका छन्।

‘आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्ने भ्रम कसले रोप्यो ?’ भन्ने प्रश्न गर्दै उहाँले विनाश होइन, निर्माण रोज्न र विवेकमा फर्किन सबैलाई आह्वान गर्नुभएको छ।

यता, विशेष महाधिवेशनले गगनलाई सभापति बनाउँदै नयाँ केन्द्रीय समिति गठन गरेको छ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...