मुख्य समाचार

आज पनि बढ्यो काठमाडौंको तापक्रम, कति छ आज?

काठमाडौं। माघ लागेपछि सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (माघ २ गते) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको हो।

हिजो (माघ १ गते) यो समय काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियोे। यद्यपि बिहान ८:४५ बजे बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस कायम भएको थियो।

आज (शुक्रबार) को आधिकारिक न्यूनतम तापक्रम पनि उक्त समयमा पुन: मापन हुनेछ। त्यतिबेला बिहान ५:४५ बजेको सुरुवाती मापनको भन्दा काठमाडौँको न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ।

यसअघि पुस ३० गते (बुधबार) सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर २.३ डिग्री सेल्सियस कायम भएको थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा बस्यो भने घट्छ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...