मुख्य समाचार

२०२५ की नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई हस्तान्तरण गरिन् पदक

ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा मचादोले भेनेजुएलाको स्वतन्त्रताका लागि ट्रम्पले पुर्‍याएको अद्वितीय प्रतिबद्धताको सम्मानस्वरूप पदक उनलाई हस्तान्तरण गरेकी हुन् गत अक्टोबरमा भेनेजुएलामा लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि गरेको संघर्षका कारण मचादोलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो।

यद्यपि, नोबेल समितिले पुरस्कार अर्को व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने नियम रहेको बताएको छ। ट्रम्पले यसलाई महान सम्मान भन्दै सामाजिक सञ्जालमार्फत मचादोको प्रशंसा गरेका छन्। यो कदमलाई भेनेजुएलामा जारी राजनीतिक संकट र अमेरिकी समर्थनको सांकेतिक कडीका रूपमा हेरिएको छ। यसैबीच, इरानमा प्रदर्शनकारीहरूलाई दिन लागिएको करिब ८०० जनाको सामूहिक मृत्युदण्ड तत्कालका लागि रोकिएको ह्वाइट हाउसले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएलगत्तै तेहरानले उक्त कदम रोकेको अमेरिकी सञ्चार सचिव क्यारोलिन लेभिटले जानकारी दिनुभयो । प्रेस ब्रिफिङका अनुसार राष्ट्रपति ट्रम्पलाई इरानभित्रका महत्त्वपूर्ण स्रोतहरूले मृत्युदण्डका योजना स्थगित गरिएको सन्देश पठाएका थिए ।

इरानमा पछिल्लो समय आर्थिक संकट र सरकारी दमनका विरुद्ध देशव्यापी प्रदर्शन भइरहेका छन् । अमेरिकाले इरानको स्थिति नजिकबाट नियालिरहेको र मानव अधिकार उल्लंघन जारी रहे सैन्य विकल्पसहितका सबै बाटा खुला रहेको चेतावनी समेत दिएको छ। यद्यपि, इरानी पक्षले भने यसबारे स्पष्ट आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...