मुलुकको समृद्धिका लागि एमाले नेतृत्व अपरिहार्य–महासचिव पोखरेल
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको दाबी गर्नुभएको छ।
माघे सङ्क्रान्तिको अवसरमा दाङमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वमा प्राकृतिक स्रोतको उत्खननदेखि ठूला पूर्वाधार, शिक्षा र ऊर्जा क्षेत्रमा ऐतिहासिक कामहरू अघि बढाइएकै कारण मुलुक विकासको सही दिशामा गएको बताउनुभयो ।
महासचिव पोखरेलका अनुसार एमाले नेतृत्वको सरकारका पालामा दैलेखको पेट्रोलियम खानी, नवलपरासीको फलाम खानी तथा मुस्ताङको युरेनियम खानीको उत्खनन र अध्ययन कार्य सुरु गरिएको हो ।
नेपाल आफ्नै स्रोत–साधनको उपयोग गर्दै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्न थालेपछि केही धनी राष्ट्रहरू असहज भएको उनको भनाइ थियो । “नेपाल समृद्धिको बाटोमा अघि बढेपछि एमालेको राष्ट्रवादी नीतिविरुद्ध केही शक्तिहरू उभिएका छन्,” उहाँले भन्नुभयो।
पूर्वाधार विकासतर्फ दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माण तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले यसअघि भारतीय एक्जिम बैंकको ऋणमा भएको सम्झौता कार्यान्वयनमा जटिलता आएपछि परियोजना अल्झिएको समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल सरकारकै बजेटबाट निर्माण प्रक्रिया अघि बढाएर परियोजनालाई गति दिएको उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्रमा पनि एमाले सरकारले ठोस पहल गरेको उल्लेख गर्दै महासचिव पोखरेलले दाङमै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ कलेज सञ्चालनमा आएको जानकारी दिनुभयो । यसले स्थानीय युवालाई प्राविधिक शिक्षामा पहुँच बढाएको उहाँको भनाइ छ।
त्यस्तै, दाङमा महाभारत पर्वतबाट बग्ने खोलामा ड्याम बाँधेर जलाशय निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै उनले यसले सिँचाइ, ऊर्जा उत्पादन र समग्र विकासमा दीर्घकालीन टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
एमाले नेतृत्वमा अघि बढाइएका यी योजनाहरूले मुलुकलाई आत्मनिर्भर, समृद्ध र सुदृढ बनाउने दिशामा निर्णायक योगदान दिने महासचिव पोखरेलको दाबी रहेको छ ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
-
३.
वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी
-
४.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
५.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
६.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...




