मुख्य समाचार

काँग्रेसमा गगन थापाको नेतृत्व स्विकार्नुको विकल्प छैन : सुनिल शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई स्विकारेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवफ दिने क्रममा उहाँले निर्वाचन आयोगले आधिकारिकता दिलाएको काँग्रेसको नयाँ नेतृत्वलाई स्विकारेर संस्थापन पक्षका नेताहरू पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभएको हो।

उनले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको बताउनुभयो। नेता शर्माले संस्थापन पक्षका नेताहरूलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरूले मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभयो।

उहाँले आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्ने र बहुमत ल्याई सभापति थापा प्रधानमन्त्री बन्ने दाबी गर्नुभयो।

गगन थापालाई प्रधानमन्त्री बनाउन आफूहरू लाग्ने नेता शर्माको भनाइ थियो।

शर्माले भन्नुभयो,‘विगत ५ वर्षभित्र नहुनुपर्ने धेरै कुरा काँग्रेसमा भएका थिए। संस्थापनमा नलागेका साथीहरूलाई उत्पीडनमा राखिएको थियो। टिकट वितरणमा ठूलो चलखेल हुन्थ्यो। यी विविध कुराले गर्दा पब्लिकले पनि, आम नागरिकले पनि र क्याडरले पनि परिवर्तन चाहेको थियो। त्यो चेन्जको यो एउटा परिणाम हो। अब यसलाई सबैले स्विकारेर जाने र पार्टीलाई मिलाएर जाने बाहेक अर्को विकल्प छैन।लोकतन्त्रमा प्रतिस्पर्धाहरू त स्वाभाविक हुन्। प्रतिस्पर्धा नै भएन भने त कम्युनिष्ट सिष्टम भइहाल्यो नि।’

नेता शर्माले काँग्रेस विभाजित नभएको र अब त्यसभित्र विवाद जाने जाने ठाउँ नभएको पनि बताउनुभयो।

सम्बन्धित समाचार

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई...

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...

विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए

विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया वैदेशिक रोजगारीबाट फर्केकै दिन लुटपाट तथा ज्यान मार्ने प्रयासमा...

निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने

निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने

काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...