मुख्य समाचार

नेकपाले पर्वतबाट मनहरि तिमल्सिनालाई उम्मेद्वार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरी तिमल्सिनालाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने निर्वाचनको लागि संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले तिमल्सिनालाई टिकट दिनुभएको हो।

लामो समय प्रचण्डको सचिवालयमा काम गरेका तिमल्सिनाले टिकट पाएपछि आफूमा देखाउनुभएको विश्वास, भरोसा र आत्मीयताले थप जिम्मेवार र दृढ बनाएको बताउनुभएको छ। उहाँले विश्वास केवल राजनीतिक समर्थन मात्र होइन, पर्वतको भविष्यप्रतिको सामूहिक आशा र अपेक्षाको प्रतिबिम्ब हो भन्नुुभएको छ।

राजनीतिक चश्माभन्दा माथि उठेर सबैको साझा प्रतिनिधिका रूपमा इमानदार भूमिका निर्वाह गर्ने बताउनुभएको छ।

उहाँले भन्नुभयो, ‘मेरा लागि पद होइन, कर्तव्य महत्वपूर्ण छ। सत्ता होइन, सेवा प्राथमिकता हो।’ यहाँ गएको निर्वाचनमा एमालेका पदम गिरी विजयी हुनुभएको थियो।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...

राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

काठमाडौँ। संकटा फुटबल क्लवले राजनीतिक स्वार्थका कारण नेपाली खेलकुदको अविभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली फुटबलमा नै धराशायी...

निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा

निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।...