मुख्य समाचार

दुई महामन्त्रीहरूलाई हटाउन माग गर्दै कांग्रेस नेताद्वारा लिखित उजुरी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

नेपाली कांग्रेस पार्टीको निर्धारित व्यवस्थाको उल्लंघन गरेको भन्दै पौडेल र घिमिरेलाई हटाउन आयोगमा उजुरी परेको हो । दाङ बबई गाउँपािलका–७ घर भएका राजकुमार डाँगीले कांग्रेसको विधानको धारा ५९ वमोजिमको विधान उल्लंघन गरिएको भन्दै उक्त धारा अनुसार निर्वाचित भएका व्यक्तिको पद खारेज गर्न माग गर्नुभएको हो।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका पौडेल महामन्त्रीमा र घिमिरे कोशी प्रदेशको प्रदेश सभापतिमा यसअघिको चौधौं महाधिवेशनमा पराजित भएकाले दुवै जना १५ औँ महाधिवेशन भन्दा अगावै विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था नेपाली कांग्रेको विधान, २०१७ को धारा ५९ मा स्पष्ट व्यवस्था भएको भन्दै दुबैलाई हटाउन डाँगीले माग गर्नुभएको छ।

डाँगीले दिएको उजुरीमा भनिएको छ,‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अन्तर्गत राजनीतिक दलले आफनो विधानको पालना गर्नु पर्ने व्यवस्था भए बमोजिम निर्वाचन आयोगको क्षेत्राधिकार अन्तर्गत पर्ने विषय रहेकोले नेपाली कांग्रेसको हालको दल दर्ता गर्ने सन्दर्भमा पदाधिकारीको केही नाम बाहिर आएकोमा नेपाली कांग्रेस पार्टीको निर्धारित व्यवस्थाको उल्लंघन भएकोले निज दुवै जनाको पद खारेज गरि पाऊ’

पौडेल र घिमिरे विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको हो।

सम्बन्धित समाचार

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...

क्रोएसियामा भीषण आँधी

क्रोएसियामा भीषण आँधी

बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...