मुख्य समाचार

जसपा नेपाल छोडेर वीरगञ्ज महानगरका मेयर सहित दुईजना पूर्वमन्त्रीहरु एमाले प्रवेश

काठमाडौं। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राई सहित ठूलो संख्यामा जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
गएराती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह,यादव नेता इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराउनु भएको हो ।

यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए । यसैग्री वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरु पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । प्रमुख सिंह् एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपाका लगायत अन्य पार्टीमा रहेका वडाअध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला सचिव महेश दासले जानकारी दिनुभयो ।

उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकिकरण भएको दुई हप्तामा नै शिर्ष तहका नेताहरुले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेद्वार बनाउने भएको छ । यस्तै राईले बाँके २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ ।

सम्बन्धित समाचार

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...

क्रोएसियामा भीषण आँधी

क्रोएसियामा भीषण आँधी

बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...