मुख्य समाचार

तलैबाट उम्मेदवार छानिनुपर्छ भनेर हामीले विधानमा प्रस्ताव राख्यौँ तर सम्भव देखिएला जस्तो छैन : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरुलाई पनि समेट्ने प्रयास भइरहेको जानकारी दिनुभएको छ। सोमबार सामाजिक सञ्जालमार्फत् उहाँले यसअघिका भन्दा भिन्न तरिकाले उम्मेदवार छनोट गर्नुपर्छ भन्नेमा आफूहरु रहेको बताउनुभएको हो।

‘उम्मेदवार अन्तिम चरणमा छान्ने, केन्द्रले छान्ने विगतदेखिको परिपाटी नै गलत थियो,’ थापाले भन्नुभएको छ, ‘विधानअनुसार तलैबाट उम्मेदवार छानिनुपर्छ भनेर हामीले विधानमा प्रस्ताव पनि गरेका छौँ।’

तर यस्तो बेलामा पार्टीको जिम्मेवारीमा आइपुगेको कारण अहिले पुरानै विधानको आधारमा उम्मेदवार सिफारिस भएकाले समस्या भएको थापाको भनाई छ।

‘म जिम्मेवारीमा आउनासाथ निर्वाचन आयोगमा धाउनुपर्ने अवस्था आयो। निर्वाचन आयोगको निर्णयपछि पनि चित्त नबुझेका साथीहरुले कानुनी परीक्षण खोजिरहनु भएको छ,’ उहाँले भन्नुभयो, ‘कानुनी परीक्षण खोजिरहेका साथीहरुलाई पनि समेटेर लैजाऔँ भनेर हिजो साँझसम्म पनि प्रयास गरेको छु। अन्तिम अवस्थामा समयको एकदमै चाप छ। सकेसम्म मिलाउने प्रयास गरिरहेको छु।’

उहाँले पार्टीभित्र नयाँ पुरानोको सन्तुलन मिलाएर उम्मेदवार छनोट गरिने थापाले बताउनुभएको छ। ‘सबै पार्टीका साथीहरुलाई न्यायको अनुभूति गराउने छु। तर, उम्मेदवार सिफरिसको सबै काम सकिएकाले हाम्रो हात बाँधिएका छन्,’ थापाले भन्नुभएको छ।

पार्टीका सबै साथीहरुलाई एकतावद्ध बनाउने प्रयास पनि जारी रहेको छ।

 

सम्बन्धित समाचार

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...

क्रोएसियामा भीषण आँधी

क्रोएसियामा भीषण आँधी

बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...