मुख्य समाचार

वामदेव गौतमको खोसियो टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमको टिकट खोसिएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतमको बर्दिया–१ को टिकट खोस्नुभएको हो।

गौतमले बर्दियाको २ मध्ये १ क्षेत्रमा मधेसका नेतालाई उठाउँदा हुने सुझाव दिँदा टिकट गुमेको बतााउनुुभयो।

“मलाई जुन क्षेत्रमा राख्नुभयो, पहिला पनि उठेको हुँ, राम्रै थियो । २ नम्बर क्षेत्रमा उहाँले आफ्ना सहयोगीलाई लगेर उठाउनुभयो । त्यसो नगर्नुस्, त्यहाँ मधेसी मूलका उमेदवार उठाऔं भनेको थिएँ,” उहाँले भन्नुभयो।

प्रचण्डले गौतमलाई आइतबार टिकट दिनुभएको हो।

“तपाईंको टिकट भनेर हिजो दिनुभएको थियो । मैले दुवै क्षेत्रमा पहाडी मुलका उमेदवार भएपछि चुनाव हराउने तरिका हो कमरेड भनेको थिएँ । तपाईं उठ्ने भए उठ्नुस्, नउठेन भए जानुस् भन्नुभयो,” गौतम भन्नुभयो“अब म अन्तबाट चुनाव उठदिनँ ।”

गौतमले उमेदवार बन्न आइतबार नै राष्ट्रियसभाबाट राजीनामा दिनुभएको थियो । गौतमले प्रचण्डलाई पत्र पठाइसक्नुभएको थियो।

नेकपाले बर्दिया १ मा विष्णुप्रसाद थारुलाई र बर्दिया २ मा सुरेश पन्तलाई उमेदवार बनाएको छ ।

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...