पुराना सिक्का संकलन गर्ने दाजुबहिनी सम्मानित
भक्तपुर । भक्तपुरमा पुराना सिक्काहरु संकलित गर्ने दुई दाजुबहिनी सम्मानित हुनुभएको छ ।
भक्तपुर घर भई हाल काठमाडौं वस्ने एकै परिवारका दुई दाइबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ल सम्माति हुनुभएको हो। सरस्वती माध्यमिक विद्यालय चाँंगुनारायण नगरपालिका ८ भक्तपुरको ६४ औं वार्षिकोउत्सवको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उहाँहरुलाई सम्मान गर्नुभएको हो। साथमा पाँच जना पत्रकारहरु पनि सम्मानित हुनुभयो। ती पत्रकारहरुमा कृष्ण किसी, प्रेमध्वज लामा, हरिसुन्दर छुकाँ, कृष्ण नेपाल र हरिशरण बास्तोला रहनुभएको छ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री हरिप्रभा खड्गी, जिल्लाको चाँंगुनारायण नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, चाँंगुनारायण नरपालिकाका निवर्तमान प्रमुख एवं एमाले नेता सोम मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिव पुरी, विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेयलगायतले विद्यालयका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रमको क्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
खोला किनारमा चितुवा मृत फेला
बागमती। मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ...
उपत्यकाभित्रका उम्मेदवारसँग बाक्लो भेटवार्तामा छन् बालेन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको...
१० दिनभित्र आफ्ना माग पूरा नभए खानेपानी बन्द गरिदिने मेलम्चीवासीको चेतावनी
काठमाडौँ। मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।...
नयाँ नेतृत्व चयन गर्दै पर्वत समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले गणेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। काठमाडौंको...




