मुख्य समाचार

कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर। षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् ।

पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ ।

बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय बिताउनु परेकाले कृषि, मजदुरीलगायत अन्य काम प्रभावित भएका छन् । हिउँदमा समस्या अझ बढी हुने गरेको छ । पानीको अभावमा महिला, बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित भएका छन् ।

कुमाल बस्तीको समस्या समाधानको प्रयासमा आफूहरु क्रियाशील रहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताउनुभयो ।त्यहाँ पानी व्यवस्थापनका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको जानकारी उहाँले दिनुभयो ।

सम्बन्धित समाचार

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ

निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ

काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर...

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...