सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ। बुधवार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।
उहाँले सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताउनुभयो। अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताउनुभयो। अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सम्पती, सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन्। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ। अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो। त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ।’
अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उहाँको जिकिर छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा जानुभएको थियो। झापा ५ बाट उहाँले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन गराउनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
भाषा आयोगका सदस्य मानन्धरको निधन
काठमाडौँ। भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको निधन भएको छ। मनमोहन कार्डियाक सेन्टर, महाराजगञ्जमा उपचारका क्रममा मंगलबार उहाँको निधन...
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी...
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभइ ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय...
विष्णु पौडेलले निर्वाचनमा कति गरे खर्च?
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई...




