मुख्य समाचार

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब निर्वाचन नहुने भन्ने शंका गर्ने कुनै ठाउँ नरहेको बताउनुभयो ।

नेकपा एमाले विराटनगर कमिटीको बिहिबार सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले एमाले पनि पूर्ण तयारीका साथ चुनावमा होमिइसकेको उल्लेख गर्दै उहाँले बाँकी दिनहरूमा तीव्र रफ्तारमा चुनावी तयारी अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँका अनुसार यो निर्वाचन समयअनुसार हुनुपर्ने निर्वाचन भने होइन । संविधानअनुसार २०८४ मंसिरमा हुनुपर्ने चुनाव प्रतिकूल राजनीतिक परिस्थितिका कारण अहिले हुन लागेको हो । “यो निर्वाचन कुनै राजनीतिक दल, देश वा संविधानले चाहेको अवस्था होइन,” उहाँले भन्नुभयो, “कुनै प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचनको अवस्था सिर्जना भएको पनि होइन । विशिष्ट राजनीतिक घटनाक्रमपछि देशलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन यो निर्वाचन अपरिहार्य बनेको हो ।”

भट्टराईले यस निर्वाचनको महत्व विगतका निर्वाचनभन्दा फरक रहेको उल्लेख गर्नुभयो। २०७४ को निर्वाचन र संविधान निर्माणपछि देश राजनीतिक स्थायित्वतर्फ जाने, समृद्धि र सुखी नेपालीको लक्ष्य हासिल गर्ने नारा एमालेले अघि सारेको स्मरण गराउँदै उनले २०७४ र २०७९ दुवै निर्वाचनमा एमालेले तीव्र आर्थिक विकासको एउटै नारा बोकेको बताउनुभयो।

उहाँले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै पटक–पटक राजनीतिक क्रान्तिमाथि धावा बोलिने गरेको बताउनुभयो । २००७ सालको क्रान्तिपछि २०१७ सालमा कू, २०४६ सालको जनआन्दोलनपछि माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको महत्वाकांक्षाबाट लोकतन्त्र र व्यवस्थामाथि कू भएको उल्लेख गर्नुभयो। २०६२/०६३ को आन्दोलनपछि शान्ति प्रक्रिया अघि बढे पनि त्यो दीर्घकालीन हुन नसकेको उहाँको भनाइ छ ।

“अहिले फेरि हाम्रो क्रान्तिमाथि, संविधानमाथि र प्राप्त उपलब्धिमाथि आक्रमण भएको छ,” भट्टराईले भन्नुभयो, `किस्ता–किस्तामा राजनीतिक क्रान्तिमाथि धावा बोल्ने शक्तिहरूलाई समाप्त गर्दै एकमुष्ट रूपमा क्रान्तिको रक्षा गर्ने जिम्मेवारी यो निर्वाचनले पूरा गर्नुपर्छ ।”

सम्बन्धित समाचार

निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ

निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ

काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर...

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । उम्मेदवार र मतदातालाई सहज...