मुख्य समाचार

मनाङमा कांग्रेसलाई समर्थन गर्दै एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

मनाङ । मनाङमा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले चुनाव नलड्ने भएको छ । एमालेका उम्मेदवार पाेल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको छ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेको उम्मेदवारी फिर्ताको पत्र दर्ता भैसकेको छ । राप्रपाले पनि मनाङमा चुनाव नलड्ने भएको छ।

राप्रपा उम्मेदवार कुविरसिङ गुरुङले पनि मनोनयन फिर्ताका लागि निवेदन दिएका हुन् । स्रोतका अनुसार एमालेले मनाङमा कांग्रेसलाई सघाउने भएको छ । अब कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी यहाँको प्रमुख प्रतिस्पर्धी भएका छन् । नेकपाले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ ।

किन फिर्ता लियो एमालेले ?

मनाङमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी भएपछि गाउँमा भएका लामा गुरुहरूले मिलाउने प्रयास गरे । चुनावमा धेरै झै–झगडा हुने र कहिलेकाहीँ अप्रिय घटना नै हुने गरेपछि यसपालि प्रमुख दलहरू मिलेर चुनावमा सहभागी हुनुपर्ने उनीहरूको प्रस्ताव थियो । बिहीबार भ्राताङमा भएको भेलामा दुवै उम्मेदवार टसमस नभएपछि चिट्टाबाट निर्णय लिने प्रस्ताव गरियो ।

कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङको उपस्थितिमा चिट्ठा तान्दा कांग्रेसले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने र एमाले ब्याक हट्ने फैसला भयो । सोही अनुसार शुक्रबार बिहानै पोल्देनले उम्मेदवारी फिर्ता लिन लागेका हुन् । मनाङमा यो परम्परा पुरानो हो ।

चिट्ठा अनुसार प्रदेशका २ निर्वाचन क्षेत्र अब एमालेले पाउने छ । आगामी निर्वाचनमा प्रदेशका क्षेत्रमा कांग्रेसले एमालेलाई सघाउने समझदारी भएको हो । मनोनयन फिर्ताको निवेदनमाथि ३ बजेपछि मात्रै निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...