ओलीको अभिव्यक्तिमा योगेशको आपत्ति
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ।
निर्वाचन जित्ने आधार भएका उम्मेदवारहरूलाई मात्र टिकट दिइएको भन्दै अध्यक्ष ओलीले केही सञ्चारमाध्यममा योगेश भट्टराईले चुनाव जित्ने आधार नदेखिएको प्रतिक्रिया दिनुभयो।
त्यसको जवाफ दिँदै उपमहासचिव भट्टराईले लेख्नुभएको छ, ‘यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दु:खी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन ।’
अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति नरहेको र विन्दा पाण्डेको कुनै आधार नरहेको भन्दै सोही कारण यसपटक टिकट नदिइएको बताउनुभएको छ।
ओलीले पार्टीका अर्का नेता गोकुल बास्कोटाले टिकट नपाउनुको कारण कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन गराएको भन्ने उल्लेख गर्नुभएको छ।
उपमहासचिव भट्टराईले अहिले आफू पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन खटिएको भन्दै आफू विचलित नरहेको बताउनुभएको छ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...




