मुख्य समाचार

पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी र व्यक्तित्व सम्मान गरिँदै

काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन भोली शनिबार हुने भएको छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार ११ बजे देखि हुने साधरण सभाको अवसरमा विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गर्ने जानकारी दिएको छ।

पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको समाजका अध्यक्ष गणेश शर्माले जानकारी दिनुभयो।

त्यसैरी व्यक्तित्व सम्मानतर्फ पर्वत विशिष्ट व्यक्तित्व सम्मान, शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान प्रदान गर्ने समितिले जनाएको छ।

समाजले सम्मान गर्ने व्यक्ति छनौट पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। उक्त समितिको सदस्यमा उच्च अदालतका पूर्व न्यायधीस जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहनुभएको थियो।

सम्मानका विधा र मापदण्ड समाजसँगको परामर्शमा समितिले निर्धारण गरेको थियो।जसअनुसार विशिष्ट व्यक्तित्व सम्मान छनौट समितिले पर्वतमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका व्यक्ति मध्येबाट छनौट गरिएको हो।

त्यसैगरी पर्वत शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिस भएका उम्मेदवार मध्यबाट पर्वत जिल्लाका लागि पुर्‍याएको योगदान मूल्याङ्कनका आधारमा छनोट गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो।

समाजले कार्यक्रममा सम्पूर्ण पर्वतबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको छ।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...

राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

काठमाडौँ। संकटा फुटबल क्लवले राजनीतिक स्वार्थका कारण नेपाली खेलकुदको अविभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली फुटबलमा नै धराशायी...

निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा

निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।...