घरदैलो अभियानमा सुनिल शर्मा, मतदाता सकारात्मक
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि घरदैलो अभियान शुरु गर्नुभएको छ ।
मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट उम्मेद्वारी दिनुभएको शर्माले चुनावी प्रचारप्रसारको लागि घरदैलो अभियान शुरु गर्नुभएको हो ।
यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट सांसद हुनुभएको शर्मा फेरि सांसद बन्ने दौडमा हुनुहुन्छ । यहाँका जनताको स्वास्थ्य र शिक्षामा शर्माको ठूलो योगदान रहेको यहाँका स्थानियहरु बताउँछन् । निर्वाचन जितेर गएपछि शर्माले यस क्षेत्रको विकासमा ठूलो योगदान दिएको उनीहरुको भनाई छ । डा शर्माले यहाँका स्थानियहरुको निःशुल्क उपचार गर्ने गरेको स्थानीय बताउँछन् । फेरि पनि यस क्षेत्रबाट सुनिल शर्मा नै चुनाव जित्ने उनीहरुको भनाई छ ।
नायिका रेखा थापाकी आमा सरस्वती थापाले डा। शर्माले जति मोरङको क्षेत्र नम्बर ३ मा कसैले विकासको काम गर्न नसकेको बताउनु भयो । यसपटक अरु उम्मेद्वारले नउठेपनि हुन्थ्यो नी जस्तो आफूलाई लागेको पनि उहाँको भनाई छ ।
मृत्युको मुखमा पुगेका विरामीलाई पनि उपचार गराएर बचाउने गरेको भन्दै उहाँले यहाँभन्दा ठूलो धर्म अरु केही नहुने बताउनु भयो । उहाँले निर्वाचनमा अब फेरि पनि डा शर्मालाई नै जिताएर पठाउनुपर्ने बताउनु भयो । सुन्दरहरैचा १२ की स्थानीय सीता ढकालले आफू डा शर्माकै मतदाता रहेको र रहिरहने बताउनु भयो । आफ्नै काका भानुभक्त ढकाल मन्त्री हुँदा आफूलाई सहयोग नगरेको प्रसंग निकाल्दै उहाँले डा शर्माले सधैँ समस्या पर्दा सहयोग गर्ने गरेको बताउनु भयो ।
्देविमाया ढकालले सुनिल शर्माले सबै गरिबहरुको निःशुल्क उपचार गरिदिएको बताउनु भयो । सोही कारण आफूहरुको रोजाई डा शर्मा नै हुने उहाँको भनाई छ । अरुणकुमार पण्डितले नयाँ उम्मेद्वारहरु आएपनि यो क्षेत्रमा डा सुनिल शर्माकै पकड क्षेत्र रहेको बताउनु भयो ।
यहाँका विपन्न जनतालाई डा शर्माले निःशुल्क उपचार गराउने गरेकोले पनि शर्माप्रति मान्छेको लगाव रहेको उहाँको भनाई छ । स्थानीय मनोज सापकोटाले विगतको तुलनामा डा शर्माले जितेर गएपछि धेरै राम्रो काम गरेको देखिएको बताउनु भयो ।
स्थानीयहरु सबै डा। शर्मालाई नै जिताउने पक्षमा रहेको उनीहरुको भनाइ छ ।– न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...




