मुख्य समाचार

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइ राप्रपा अब सत्तामा जाँदैनः कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन राप्रपा सत्तामा नजाने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्वपूर्ण सन्देश जाने जिकिर गर्नुभयो ।

उहाँले काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या रहेको बताउनु भयो । राजतन्त्रवादी जनमतलाई भोटमा बदल्नसके विजयी निश्चित रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन हामी सत्तामा जानुछैन । सत्ता केन्द्रित राजनीति गर्नेछैनौँ । यो सन्देश हामीले प्रत्येक नेपालीलाई दिन सक्नुपर्छ । स्वयं राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर जाँदा देश विदेशमा एउटा बलियो सन्देश जान्छ । त्यसका लागि हामी निरन्तर रुपमा खटिरहेका छौँ । काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या छ । जनमत छ । त्यो जनमतलाई भोटमा परिणत गराउनसके फागुन २१ गतेको निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ ।’

उहाँले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहने भए राप्रपालाई विजयी गराइ काम गर्ने मौका दिन आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...

रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा प्रचण्ड विजयी

काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...