झापाबाट फर्केपछि ओलीको गुनासोः सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्यो
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताउनुभएको छ । गृहजिल्ला झापाबाट शुक्रवार (हिजो) काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको अध्यक्ष ओलीको भनाई थियो।
शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गर्नुभयो । विमानस्थलमा आफूमाथि गरिएको सो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अस्ती म यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरुमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ? हैरान पारेको छ। अचम्मै त्यो विदेश जाँदाखेरी कहिले कहिले त्यो विदेश जाँदा पनि चिनेको ठाउँहरुमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा परियो भने देखिन्छ नेपालीहरुलाई हेपेको । हिजो एयरर्पोटमा त्यस्तै गरेर हेप्यो । किन त्यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छ । यो सरकार के गर्दैछ भन्दा बेथिति भईराखेको छ, अन्याय भईराखेको छ । बेठिक भईराखेको छ ।तर सरकार हामीलाई दुख दिने काममा लागि राखेको छ । अपमान गर्ने काममा लागि राखेको छ । हामी आफनै सम्मानका लागि लडिरहेको होइन । देशको सम्मानका लागि जनताको सम्मानका लागि, जनताको इज्जतको लागि लडिराखेको छौँ । त्यसकारण त्यो धेरै ठूलो कुरा मान्दिन म । तर सरकारको दृष्टिकोण, सरकारको मति चाँही के हो? नेताहरुको अपमान गर्ने हो नि । त्यो सरकारले हिजै देखायो । कस्तो लाग्यो भने एउटा सभ्य समाजमा हामी छैनौँ कि जस्तो लाग्यो । एउटा जिम्मेवार सरकार होइन । अराजनीतिक, असभ्य सरकार छ । यी सबै कुराहरु हामीले फेरि सभ्य, सुसंस्कृत समाजमा ल्याउनुपर्नेछ । त्यो सबै कुरा चुनावको फैसलाबाट देखिन्छ ।’
अध्यक्ष ओलीले देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको पनि बताउनुभयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...




