नयाँ नेतृत्व चयन गर्दै पर्वत समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले गणेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार भएको अधिवेशनले अध्यक्षमा पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका गणेश शर्मा, उपाध्यक्षमा फलेवास नगरपालिकाका ७ लिमिठानाका इश्वरी पन्त, महासचिवमा कुश्मा १३ का टिकाराम कार्की, कोषाध्यक्षमा फलेवास नगरपालिका वडा नं ४ का सुरेन्द्र तिवारी, सचिवमा कुश्मा नगरपालिका वडा नं ३ का अशोक पौडेल निर्वाचित हुनुभयो।

त्यसैगरी सदस्यहरुमा मोदी गाउँपालिका वडा नं ५, बाजुङका बन्दना ढकाल, मोदी ७ राम्जाका प्रकाश गौतम, कुश्मा ४ का रामचन्द्र श्रेष्ठ, जलजला गाउँपालिका ६, का मनिष सुवेदी, फलेवास नगरपालिकाका ७ गोपालप्रसाद पौडेल, महाशिला गाउँपालिकाका भिमप्रसाद शर्मा र बिहादी गाउँपालिकाका प्रकाश कुमार पाण्डे निर्वाचित हुनुभयो।
समाजले आफ्नो साधरणसभा तथा अधिवेशनको अवसरमा प्रकाशित पर्वत चिनारी विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गरेको थियो।
पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको सम्पादन मण्डलका संयोजक देवेन्द्र लामिछानेले जानकारी दिनुभयो। पुस्तकको विमोचन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना र समाजका अध्यक्ष गणेश शर्माले संयुक्तर रुपमा गर्नुभएको थियो।

त्यसैगरी सोही कार्यक्रममा समाजले पर्वतको मोदी गाउँपालिका ६ गिज्यानका स्थानीय प्रा.डा तेजबहादुर सिंह महतलाई ‘पर्वत विशिष्ट व्यक्तित्व सम्मान’, फलेवास नगरपालिका वडा नं ५ खानीगाउँका स्थानीय भोलानाथ शर्मालाई ‘पर्वत शिक्षा सेवा सम्मान’, जलजला गाउँपालिका वडा नं ३ माझफाँटका स्थानीय टेकबहादुर जिसीलाई ‘पर्वत समाज सेवा सम्मान’ र फलेवास नगरपालिका वडा नं ६, देवीस्थानका स्थानीय विनोद भुषाललाई ‘कृषि तथा उद्यम सम्मान’ प्रदान गरेको थियो।
समाजले सम्मानका लागि व्यक्ति छनौटलाई निस्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।उक्त समितिको सदस्यमा उच्च अदालतका पूर्व न्यायधीस जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहनुभएको थियो।
सम्मानका विधा र मापदण्ड समाजसँगको परामर्शमा समितिले निर्धारण गरेको थियो।जसअनुसार विशिष्ट व्यक्तित्व सम्मान छनौट समितिले पर्वतमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका व्यक्ति मध्येबाट छनौट गरेको हो।
त्यसैगरी पर्वत शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिस भएका उम्मेदवार मध्यबाट पर्वत जिल्लाका लागि पुर्याएको योगदानको मूल्याङ्कनका आधारमा छनोट गरिएको समाजका सदस्य अशोक पौडेलले कार्यक्रममा जानकारी दिनुभयो।
कार्यक्रममा पर्वत जिल्लाबाट काठमाडौं आएर बसोबास गर्दै आउनुभएका ३०० भन्दाबढी उपस्थिति पर्वतेलीको रहेको थियो।
त्यसैगरी पर्वतबाट फागुन २१ गते हुने प्रतिनिधि सभाका एमाले उम्मेदवार पदम गिरी, कांग्रेस उम्मेदवार अर्जुन जोशी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी तिमिल्सिनाले आफ्नो उम्मेदवारी बारे जानकारी दिनुभएको थियो।
ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
काठमाडौँ। वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग...
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन...
खोला किनारमा चितुवा मृत फेला
बागमती। मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ...
उपत्यकाभित्रका उम्मेदवारसँग बाक्लो भेटवार्तामा छन् बालेन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको...




