अध्यक्ष ओलीकाे हस्ताक्षर सहितको पत्र : पहिलाे चरण १२ लाख कार्यकर्ता चुनावी फिल्डमा
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साढे ६ लाख बढि पार्टी सदस्यलाई आगामी फागुन २१ को चुनावबाट पार्टीलाई बहुमतमा पु¥याउन भूमिका खेल्न भनि सन्देश पत्र पठाउनु भएको छ । शनिबार साँझदेखि पार्टी सदस्यहरूको मोबाइलमा उक्त पत्र पुगेको छ । एमालेको पछिल्लो नविकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो संगठित पार्टी सदस्य संख्या ११ औं महाधिवेशनसम्मको हो । यसबीचमा कतिपय संगठित सदस्यले पार्टी छोड्ने, कतिको मृत्यु भएका छन् । त्यससँगै कतिपय संगठित सदस्यहरुको मोबाइल नम्बर परिवर्तन, अनलाइन सिस्टममा समस्या आएका कारण सबै सदस्यहरुकोमा एकै पटक सन्देश पत्र पुग्न नसकेको पार्टी आईटी विभागले जनाएको छ ।
अध्यक्ष ओलीको फोटासहित हस्ताक्षर गरिएको सन्देश पत्रमा भनिएको छ– ‘क. .. यहाँलाई अवगत नै छ– आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु ।’
अध्यक्ष ओलीको यो सन्देशले कार्यकर्ता र मतदातामा सकारात्मक तरंग लिएको प्रचार संयोजक केन्द्रीय सदस्य मीनबहादुर शाहीले बताउनु भयो । एमालेका नेता, कार्यकर्ता तथा संगठित सदस्यहरु अहिले आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । अहिले एमाले पार्टी कार्यालय ललितपु च्यासल प्रायः सुनसान देखिन्छ । एमालेको संगठित यो संख्यासँगै केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा, टोल, प्रावस, जनसंगठन, विभाग, सल्लाहकार गरी ६४ हजार ७ सय ६ कमिटीमा पार्टी फर्मेशन रहेको छ । त्यसमध्ये जन संगठनहरुको संख्या यकिन तथ्याङ्क अध्यावधिक भएका छैनन् । सबै अध्यावधिक हुँदा यो संख्या बढ्छ । यी कमिटीहरुमा करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य आबद्ध छन् ।
केही निवेदन आएका र कमिटीमा बसेका करिव डेढ लाख सदस्यहरु संगठित हुन अझै बाँकी छ । पार्टीको सांगठनिक संरचनाको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ रहेको छ ।
प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी रहेको छ । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी ७ हजा १ सय १ रहेको छ । कोशी प्रदेशमा कुल ८ हजार ४ सय ८ कमिटी रहेको छ ।
त्यसैगरी मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १ सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५ सय १५ टोल कमिटी गसरी कुल ७ हजार ९ सय ३० रहेको छ । बागमती प्रदेशतर्फ १३ जिल्ला, १ सय ११ पालिका, ११ सय २१ वडा, १४ हजार २ सय ६ टोलसहित कुल १५ हजार ४ सय ५१ कमिटी रहेको छ । गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७ सय ५९ वडा, ५५ सय ६० सय टोल गरी कुल ६ हजार ४ सय १५ कमिटी रहेको छ । लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा, ९ हजार २ सय ६७ टोल गरी कुल १० हजार ३ सय ७१ कमिटी रहेको छ । कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७ सय १८ वडा, ६ हजार ४ सय ५३ टोलसहित कुल ७ हजार २ सय ६० कमिटी रहेको छ । सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा, ५ हजार ८ सय ५० टोलसहित गर्दा कुल ६ हजार ६ सय ८१ कमिटी रहेको छ ।
त्यसैगरी समन्वय सम्पर्क अन्र्तगत ७ जिल्ला, ७४ पालिका, ७ सय ४३ वडा कमिटी गरी कुल ८ सय २४ वटा सम्पर्क समन्वय कमिटी रहेका छन् । प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १ सय ११ कमिटी रहेको छ । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १ सय ४१ पालिका, ४ सय १६ वडा तह गरी कुल ५ सय ६७ कमिटी रहेको छ ।
तथ्याङ्कहरुलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७ सय ७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६ सय ३३ । वडामा १ लाख ७४ हजार २ सय ४५ । टोलमा २ लाख १ हजार ३ सय ६४ जना रहेका छन् । अहिले चुनाव परिचालनका लागि यी सबै कमिटीहरु सक्रियताका साथ फिल्डमा रहेको प्रचार संयोजक शाहीले बताउनु भयो । अध्यक्ष ओलीको पछिल्लो सन्देश पत्रबाट थप उत्साहका साथ नेता, कार्यकर्ता, संगठित सदस्यहरु टोलटोलमा पुगेका उहाँले बताउनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...
सेयर बजारमा हरियाली
काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...




