मुख्य समाचार

आफूसँग सार्वजनिक बहसमा आउन ओली र बालेनलाई रञ्जितको आह्वान

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका तर्फवाट झापा-५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलाई सार्वजनिक बहसमा आउन आमन्त्रण गर्नुभएको छ। नेकपा नेता तामाङले दुवैसँग सार्वजनिक बहसमा उत्रिन आफू तयार रहेको बताउनुभएको हो।

नेकपाको कमल गाउँपालिकास्तरीय भेलामा तामाङले भन्नुभयो, ‘अब जनताका प्रतिनिधिले जनताको कठघरामा उभिएर सार्वजनिक बहस गर्नुपर्दछ ।’ समय नयाँ ठाउँमा पुगे पनि चुनावको तरिका पुरानो भएकोमा तामाङले चिन्ता व्यक्त गर्नुभयो। नेता तामाङले नयाँ भनिनेहरूले जनता र मिडिया सामना गर्न इन्कार गरेकोमा आश्चर्य व्यक्त गर्नुभयो।

जनताको प्रतिनिधि हुन खोज्नेहरूले जनतासँग आफ्ना स्पष्ट योजना र प्रतिबद्धता राख्नुपर्ने उहाँले बताउनुभयो।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...