देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्छौँः समिम मियाँ अन्सारी
काठमाडौँ। राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यसहित पार्टी गठन गरेको दाबी गर्नुभएको छ।
मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले सो दाबी गर्नुभएको हो। गुणस्तरीय शिक्षा, साक्षरता दरमा सुधार तथा सातै प्रदेशमा सस्तो र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने पार्टीको प्रम्ख एजेण्डा रहेको उहाँको भनाइ छ।
रास्वपा परित्याग गरी पार्टी प्रवेश गर्नुभएका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उहाँले उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूँजीवादी दलको संज्ञा दिनुभयो।
उहाँले पैसा कमाउन उद्देश्यले नभई देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने भएको कारण राष्ट्र निर्माण दलले मात्र मुलुकलाई निकाश दिनसक्ने दाबी पनि गर्नुभयो।
अन्सारीले भन्नुभयो, ‘देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यले यो पार्टीको गठन भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दै साक्षरता दरमा सुधार ल्याउन यो पार्टीको गठन भएको हो। सात वटै प्रदेशमा सस्तो सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले हामीले यो पार्टी गठन गरिएको हो। जसरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेर भनिरहँदा आज जसरी युवा साथिहरु हाम्रो पार्टीमा आउनुभएको छ। यसले अवको मुलुकको निकाश दिने दल नै राष्ट्र निर्माण दल हो। रास्वपा पूँजीवादी दल हो। बालेनले ८ करोडको गाडी चढिरहेका छन्। प्रत्येक उम्मेदवारसँग ५० हजार रुपैयाँ मागिएको छ। यो पार्टी पैसा कमाउने पार्टी होइन । हामी देश र जनतालाई शिरमा राखेर काम गर्छौँ ।’
मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी ताज मोहम्मद मियाँसहित दर्जन बढी नेता कार्यकर्ता राष्ट्र निर्माण दल प्रवेश गर्नुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...




