मुलुकको अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यकः सुनिता डंगोल
काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ। बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उहाँको भनाइ छ।
उहाँले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरु आयोजना गरिरहनु जरुरी रहेको पनि बताउनुभयो। उहाँले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘जबसम्म हामी आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैनन् । त्यसको लागि सबैलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनको लागि र आफूसँग भएको सिपलाई आयसँगको जोड्नका लागि यो मेला अत्यन्तै महत्वपूर्ण छ। हामीले यस कार्यक्रमका लागि उद्योग वाणिज्य संघ काठमाडौंसँग सहकार्य गरेका छौँ । विभिन्न समयमा विभिन्न ठाउँहरुमा हामी तालिम त दिन्छौँ । तर ती तालिमहरु तालिममा मात्र सिमित हुनु हुदैन । सबै प्रकारका तालिमहरु उत्पादनसँग जोडिनुपर्छ । व्यक्तिको आयसँग पनि जोडिनुपर्छ जसले देशको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्याओस । हाम्रो उद्देश्य पनि यही रहेको छ ।’
सिपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको बताउनुभयो।
करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने बताइएको छ।
महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ। –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ...
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
दार्चुला। दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको...
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका कमल कोइरालाको चुनाव चिन्ह हो...
आईसीसी टी–२० विश्वकप : नामिबियामाथि नेदरल्यान्डसको जित
काठमाडौँ । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत दिल्लीस्थित अरुण जेटली रङ्गशालामा मङ्गलबार भएको खेलमा...




