मुख्य समाचार

सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

दमक।  डेढ खरब बढीको बजेट बराबरको सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ ।
एमाले मनकामना टोल कमिटी दमकले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय दाहालले गत भदौं २३र२४ गते जेनजी तोडफोड गर्न बन्द कोठामा बसेर उक्साउने नेता बालेन शाहलाई भोट दिन नहुने बताउनु भएको हो । पार्टीको मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको टोल भेलामा मुलुकलाई ध्वस्त पार्ने,राजनीतिक दर्शन केही नभएको उम्मेद्धवारवाट मुलुकको बिकास सम्भव नहुने नेता दाहालले बताउनु भयो ।
टोल भेलामा सहभागी अगुवा कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तकले राखेको प्रश्नको जवाफ दिदै नेता दाहालले सूर्य चिन्हमा मतदान गरी एमालेलाई नजिताए सम्म देश,क्षेत्र वडा र टोलको विकास अधुरो रहने बताउनु भयो । भेलामा सहभागी चन्द्रकला मिश्रले दमक८मा धनीपुर्जा वितरणको काम किन भएन भन्ने प्रश्नको जवाफ दिदै एमाले र काग्रेस सरकारमा रहेर धनीपुर्जा वितरणको तयारी गरीरहेको वेला जेनजी दुर्घटना पछि जेनजीको सरकारको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वले आयोग खारेज गरेको थियो । त्यसपछि सर्र्वीच्च अदालतलाई गुहारेपछि भूमि आयोग पुर्नस्थापना गरि दियो । अहिले आयोगलाई काम गर्न कर्मचारी नपठाएर सरकार नै वाधक रहेको पार्टीका केन्द्रीय सदस्य झापा क्षेत्र न५को निर्वाचन परिचालन समितिको संयोजक दाहालले प्रष्ट पार्नु भयो ।

सहभागी सुरेन्द्र मल्लिकले रोजगारीको समस्या,खिन माया खरेलले विजुली र देवी बहादुर दर्नाल लगायतले वाँसको पोल लगाएर बत्ती वाल्न समस्या भएको राख्नु भएको थियो ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनाव परिचालन समिति दमक ८को संयोजक तथा दमक ८का वडा अध्यक्ष धर्म प्रसाद दाहाल(दिपेश)ले केपी ओली सरकारले दिएको वजेट जेनजी सरकारले दमक ८नम्वर वडामा धेरै योजना, कार्यक्रम काटीदिएको बताउदै आफूहरु सिमित वजेटमा वडावासीको समस्या सामधान गर्न लागि परेको बताउनु भयो । कार्यक्रममा एमाले झापा जिल्ला सदस्य,प्रेस चौतारी इन्चार्ज तथा मन कामना टोलको निर्वाचन परिचालन समिति संयोजक मन कुमार गदालले भेला आयोजनाको आवश्यकता औचित्य माथि प्रकाश पार्न भएको एमाले मनकामना टोल कमिटीेले जनाएको छ ।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...