समाजवादको नयाँ सन्देश दिन रुकुमपूर्वबाट उम्मेदवार बनेँ : प्रचण्ड
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुमपूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताउनुभएको छ।
शुक्रवार काठमाडौंमा आयोजित रुकुमपूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।
उहाँले रुकुमपूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गर्नुभयो। पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारुलगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताउनुभयो।
चुनवाङ बैठक नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उहाँको भनाइ छ। संयोजक दाहालले रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




