निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाईं होः एमाले महासचिव पोखरेल
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले जेन–जी आन्दोलनको नाममा युवापुस्ताको भावनामाथि खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप पनि लगाउनु भयो । महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू जेन–जी युवाहरूको आन्दोलनलाई अपहरण गरी देशविरोधी शक्तिले आफ्नो नियन्त्रणमा लिएको उदाहरण भएको टिप्पणी पनि गर्नुभयो ।
उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन राष्ट्रका पक्षमा उभिने शक्ति र विदेशी इसारामा भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने शक्तिबीचको द्वन्द्वको रुपमा हेरिनुपर्ने तर्क गर्नुभयो ।
आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको छनोटका रूपमा जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । मुलुकलाई जलाउने नभई बनाउने शक्तिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजानसक्ने भन्दै युवाहरूलाई त्यसको पक्षमा भूमिका खेल्न आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ गतेको घटना जेनजी युवाहरुको भावनामा खेलेर उनीहरुको आन्दोलनलाई अपहरण गरिकन देश विरोधी शक्तिहरुले कब्जा गरेको अवस्था हो । आज यो मुलुक राष्ट्रका पक्षमा उभिने की भूराजनीतिक द्धन्द्धको क्रृडास्थल बनाउनको लागि विदेशी शक्तिको ईशारामा नाच्ने भन्नेहरुबीचको द्वन्द्व हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ । त्यसअर्थमा हाम्रो पार्टीले भनेको छ आउने निर्वाचन जलाउनेहरुको पक्षमा कि बनाउनेहरुका पक्षमा भनेर जनताका बीचमा जानुपर्दछ । जलाउनेहरुले नभई बनाउनेहरुले नै मुलुकलाई समृद्धको बाटोमा लैजान सक्दछन् । हामी बनाउनेहरुका पक्षमा जनतालाई परिचालन गर्ने कुरामा हाम्रा युवा साथिहरु अग्रसर रहनुपर्छ भन्ने कुरा म तपाईहरुका बिचमा राख्न चाहन्छु । आज हाम्रो मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने प्रयत्न भइरहेको छ । आज नेपाली समाजमा राजनीतिक दलहरुमाथि, राज्य व्यवस्थामाथि जुन प्रकारको प्रहार भएको छ । के एउटा देशभक्त नागरिकले त्यसो गर्न सक्दछ ।’
पोखरेलले अहिले राजनीतिक दलहरुसँगै राज्यसत्तामाथि भएको प्रहार देशभक्त नागरिकले गर्न नसक्ने भन्दै विदेशी शक्तिको हात रहेको आंशका गर्नुभयो ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...




